स्वास्थ्य मन्त्रालयले सोध्यो पीसीआर परीक्षण गर्ने ४ निजी ल्याबलाई स्पष्टीकरण « Khabarhub

स्वास्थ्य मन्त्रालयले सोध्यो पीसीआर परीक्षण गर्ने ४ निजी ल्याबलाई स्पष्टीकरण


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने चार निजी ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

कोरोनाको परीक्षणमा  लापरवाही भएको भन्दै मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको हो ।

कोभिड-१९ को पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यी अस्पतालमा पीसीआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पीसीआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

उक्त पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

उक्त समितिले दिएको प्रतिवेदनको आधारमा ती अस्पताललाई स्पटीकरण सोधिएको हो।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : १५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित