प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ र इलाम जाँदै « Khabarhub

प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ र इलाम जाँदै


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङ र इलाम भ्रमणमा जाने भएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जान लागेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

ओली सुरुमा ताप्लेजुङ जानेछन् । उनले ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी इलाम जाने कार्यक्रम तय भएको छ ।

ओलीले इलामको सन्दकपुरमा निर्माण भएको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । गत मंसिर ५ गते उनी ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि स्थगित भएको थियो।

यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए । प्रधानमन्त्री ओली हेलिकोप्टरमा गएर सोमबार नै काठमाडौं फर्किनेछन्।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : २९ बजे

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा

युद्धले घेरिँदै अमेरिका : इजरायलबाट स्पेनी राजदूत फिर्ता, विद्यालयमा बम आक्रमणको इटालीद्वारा आलोचना

म्याड्रिड- स्पेनले औपचारिक रूपमा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ।