मातातीर्थमा सशस्त्र प्रहरीको गुल्मपति तथा स्टाफ तालिम सुरु « Khabarhub

मातातीर्थमा सशस्त्र प्रहरीको गुल्मपति तथा स्टाफ तालिम सुरु


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सि.सं. ५ गणपति तालिम र सि.सं. २५ गुल्मपति तथा स्टाफ तालिम शुरु भएको छ।

सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले आइतबार दुवै तालिमको उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्नुकासाथै व्यक्तित्व विकासमा समेत सघाउ पुर्‍याउने उल्लेख गरे।

उनले प्रशिक्षार्थी अधिकृतहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्दै प्रशिक्षार्थीहरुले तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशील र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : ४५ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि