चिसो मौसममा हुने जोर्नी र घुँडा दुखाइबाट राहत पाउने १५ उपाय « Khabarhub

चिसो मौसममा हुने जोर्नी र घुँडा दुखाइबाट राहत पाउने १५ उपाय


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पुषको महिना लागेसंगै चिसो बढ्दैछ । यो मौसममा अधिकाशं मानिसमा जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्ने गर्दछ । कतिपयलाई त घुँडा दुखाईले हिँडडुल गर्न समेत समस्या हुन्छ । जोर्नी तथा घुँडा दुखाईबाट राहत पाउन निम्न उपाय अपनाउन सकिन्छ ।

१. तोरीको तेलमा लसुन मिसाएर हल्का तताइ नियमितरुपमा दुखेको भागमा मालिस गरे जोर्नी र घुँडाको दुखाई कम हुन्छ ।

२. कागतीको सेवन वा यसलई घुँडामा दल्दा घुँडाको दुखाईमा राहत मिल्दछ ।

३. अदुवालाई चियाँसग सेवन गरे वा यसको रस पिउँदा वा अदुवाको रस महसँग सेवन गरेमा घुँडाको दुखाईमा रामवाणको काम गर्छ ।

४. सिधे नुनलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा घुँडाको दुखाईमा आराम मिल्दछ ।

५. बेसारमा रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्ने भएकाले घुँडाको दुखाई कम गर्न सहयोग गर्छ ।

६. मेवाको बिउलाई पिसेर तेलमा मिसाई लगाएमा घुँडामा दुखाईबाट राहत मिल्दछ ।

७. नियमित रुपमा गाजर सेवन गरेमा घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।

८. मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले दुखेको भागमा लगाउँदा जोर्नी र घुँडाको दुखाई शान्त हुन्छ ।

९. प्याज खादाँ वा पिसेर घुँडामा लगाउनाले घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ ।

१०. खुट्टा मर्किएका बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्दछ ।

११. रातो खुर्सानीमा रहने केपसाइसिनले पेनकिलरको जस्तै काम गर्ने भएकाले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ ।

१२. बदाम, दुध जस्ता चिजहरु दैनिकरुपमा सेवन गर्दा घुँडाको दुखाई समाप्त हुन्छ ।

१३. क्याल्सियमयुक्त खानाले हड्डीको समस्याबाट राहत दिलाउने भएकाले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।

१४. घुँडाको दुखाई हुनेहरुले नियमित रुपमा एक्सरसाइज गर्न आवश्यक छ ।

१५. नियमित योगा गरेमा समेत घुँडाको समस्याबाट छुटकारा दिलाउँछ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : २० बजे

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा