विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ ।

बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।

यस्तै मंगलबार विहानसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८५ हजार ९२२ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख ८८ हजार ९४९ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३४ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ७७ लाख नाघेको छ ।

हाल विश्वमा २ करोड १४ लाख १५ हजार ५७९ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २७९ जना गम्भीर बिरामी छन्।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ५० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको