नेपाली खेलकुद इतिहास खोज्दै एनओसी | Khabarhub Khabarhub

नेपाली खेलकुद इतिहास खोज्दै एनओसी


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले सन् १९६४ सालदेखि ओलम्पिकमा सहभागिता जनाएको थियो । तर, त्यो बेला सहभागि खेलाडीको परिचय, उनीहरु कहाँका थिए, कसरी ओलम्पिक यात्रा तय भयो ? लगायका विषयहरु भने पाउन कठिन छ ।

यो कठिन किनभने नेपालमा खेलकुदको लिखित इतिहास छैन । इतिहासमात्र होइन संकलित त्यतिबेलाको सूचना पनि पाउन गाह्रो छ । नत, नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग त्यसको अभिलेख छ न राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग ।

नेपाली खेलकुदको अभिभावक संस्था राखेपसँग भएका अभिलेख पनि २०७२ सालको भुकम्प पछि अलपत्र छन् । कुनै खेल संघ वा यसअघि भएको पहिलो, दोस्रो बृहत राष्ट्रिय खेलकुदका बारेमा सुचनामागे केही पाइन्छ ।

तर, एनओसीले अब नेपाली खेलकुदको इतिहास खोज्ने गरि नयाँ परियोजना सुरु गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुद इतिहास संकलन गर्ने काम सुरु भएको बताएका छन् ।

एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) को आर्थिक सहयोगमा यो काम सुरु गरेको हो । एनओसीले ‘नेपाली स्पोट्स डिजिटल अर्काभ प्रोजेक्ट’ अन्तर्गत रहेर काम गर्नेछ ।

एनओसीले ओलम्पिक संग्रहालयसँगको सहकार्यमा नेपाली खेलकुदको इतिहास खोज्ने काम सुरु गर्ने बताएको छ । ‘संग्रहालयमा केही पुराना पोशाक, नेपालले हात पारेका पदक, खेलाडीको उपलब्धीहरुलाई संकलन गरेको छ, संग्रहालयसँग हामीले यसअघि नै सम्झौता गरिसकेका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

एनओसीले कार्यक्रम सार्वजनिक गरेपनि त्यसको संकलनका लागि भने सहज नभएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

‘यो काम भनेजति सहज छैन् । कति ओलम्पिकमा सहभागी खेलाडीहरु हामीमाझ हुनुहुन्न । कति कहाँ हुनु हुन्छ, यसका लागि हामीले सिनियरहरुबाट अनुभव र भोगाइकै आधारमा सूचना संकलन गर्ने छौं,’ उनले भने, ‘अहिले जसरी खेलकुदको इतिहास अभिलेखिकरण नभएको गुनासो हामी गरिरहेका छौं त्यो गुनासो अर्को पुस्ताले गर्न नपरोस् भनेरै यो काम सुरु गरेका हौं ।’

नेपाल ओलम्पिक कमिटिका कार्यकारी निर्देशक (सिईओ) चतुरानन्द वैद्यले नेपाली खेलकुदको इतिहास कुनै न कुनै व्यक्तिसँग रहेको दाबी गरेका छन् । तर, त्यसलाई संकलन गरेर एक ठाउँमा राख्न आवश्यक रहेको उनको भनाई छ ।

‘हामी कहाँ इतिहास नभएको होइन । तर, त्यसको संकलन हुन सकेको छैन । व्यक्तिसँग इतिहास छ । तर, त्यसलाई व्यस्थित बनाइएको छैन । अब हामी ती सबै व्यक्तिहरुबाट संकलन गछौं,’ वैद्यले भने ।

इतिहास संकलनको काम कठिन भएपनि आइओसीले एनओसीलाई यो कार्यक्रमका लागि मात्रै १५ लाख छुट्याएको छ । जुन यसका लागि प्रयाप्त रकम नभएको एनओसीको दाबी छ ।

तर, अहिलेको बजेटले भ्याएको काम गरेर बाँकी कामका लागि पुनः आईओसीसँग सहकार्यका लागि आग्रह गर्ने गरि यो कार्यक्रम सधै निरन्तर अगाडि बढीरहने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

‘यसको संकलनका लागि हामीले सुरु गरेका छौं । यसलाई सुरुवातकै रुपमा लिन पर्छ । यो निरन्तर चल्ने प्रक्रियामै जान्छ । अहिले संकलन गरेर थन्कायो भन्ने होइन,’ उनले भने ।

एनओसीले नेपालले सहभागिता जनाएका अन्तर्राष्ट्रिय प्रतियोगिता, त्यसमा नेपालको प्रदर्शन, त्यतिबेलाको नेपाली खेलकुदको अवस्था, त्यहाँ हासिल गरेको उपलब्धीहरुलाई संकलन गरेर डिजिटल अर्काइभमा राख्ने बताएको छ । जसन काम सह्रानीय रहेको खेल जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ४ : १५ बजे

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा

कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र

धनगढी– आगामी दिनहरूमा हुने भारी वर्षाका कारण कैलाली जिल्लाका विभिन्न

सुदूरपश्चिममा योजना खरिदबिक्रीको आरोप, सांसदले मागे छानबिन समिति

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका सांसदहरूले प्रदेश सरकारलाई गम्भीर आरोप लगाएका छन्

भ्रातृ संगठनहरूले महाधिवेशनका लागि गरेको प्रस्तावबारे गगनले गराए बैठकलाई जानकारी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघले आगामी भदौ

सुनचाँदी व्यवसायी भन्छन्- आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छाड्छौँ

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै