दुई साताभित्र ट्रायल खुलाउने यातायात व्यवस्था विभागको तयारी « Khabarhub

दुई साताभित्र ट्रायल खुलाउने यातायात व्यवस्था विभागको तयारी

यस्ता छन् नयाँ मापदण्ड



काठमाडौँ– भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागले गत मंसिर १७ गते यातायात कार्यालयहरुको माग बमोजिम सवारी चालक अनुमति पत्रको लागि आवेदन खुलाउने निर्णय गर्यो ।

विभागले आफ्नो वेभसाइटमा ७ वटै प्रदेशमा अनलाइनमार्फत आवेदन खुलाउने निर्णय गरेपनि लाइन्सेन्सको लाखि लिइने लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा कहिलेबाट शुरु हुन्छ भन्ने विषय अझैं अन्योल छ ।

कोभिडका नियन्त्रणका लागि गरिएको बन्दबन्दीदेखि नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) काम बन्द भएको थियो ।

बन्दबन्दीमा दुई पांग्रे र चार पांग्रे सवारी साधन सिक्ने सेवागाह्री भने कति बेला ट्रायल खुल्छ भन्दै प्रतिक्षामा छन् ।

अहिले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउँछन् विभागका महानिर्देशक गोगन बहादुर हमाल ।

९ महिनापछि लाइसेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालनको तयारी थालेका छौं’ हमालले खबरहबसँगको कुराकानीमा भने, ‘अब २ साताभित्र ट्रायल खुल्नेछ ।’

त्यसो त कोभिड माहामारी कायमै छ । सेवाग्राहीको धेरै भीड हुने भएकाले यातायात कार्यालय अझैं पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको क्षेत्रमा पर्छन् । चहलपहल बढिरहेका बेला सवारी चालक अनुमति पत्रका लागि परीक्षा खुलाएपछि कोरोनाको जोखिम बढ्ला नि ?

जवाफमा हमाल भन्छन्, ‘कार्यालय खोलेपछि भीडभाड बढ्छ नै तर त्यहीअनुसार सुरक्षाका मापदण्ड अपनाएर अघि बढ्नुपर्छ । भौतिक दुरी मास्क र स्यानीटाइजर अनिवार्य गर्नेछौं ।’

सवारी चालक अनुमति पत्रका लागि उपत्यकामा भक्तपुरको जगाती, काठमाडौँको सुकेधारा र ठुलो भर्याङ, ललितपुरको एकान्तकुना गरी चार वटा कार्यालय सञ्चालन हुने गर्छन् ।

यस्तो छ मापदण्ड

विभागले देशभर ट्रायलका लागि अनलाइन फारम अनिवार्य गरेको भएपनि त्यसको शुल्क तिर्न भने यातायात कार्यालयको काउन्टरमै पुग्नुपर्नेछ ।

उनका अनुसार तोकिएको शुल्क तिरेपछि परीक्षाको मिति र स्थान बारेको जानकारी कार्यालयले उपलब्ध गराउछन् ।

लिखित परीक्षाका लागि सम्बन्धित कार्यालयमै पुग्नुपर्छ भने प्रयोगात्मकका लागि तोकिएको ट्रायल सेन्टर पुग्नु पर्ने हुन्छ ।

‘परीक्षा अनलाइनबाट सम्भव हुदैन’ उनले भने, ‘त्यसकारण परीक्षार्थी भौतिक रुपमा उपस्थित हुनुपर्ने भएकाले सहभागिहरुले अनिवार्य रुपमा भौतक दुरी मास्क र स्यानीटाइजर अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ ।’

त्यससँगै कोभिड सम्बन्धि विभिन्न नियमहरु उल्लेख गरी परीक्षा लिने स्थानमा सुचना समेत टासिने उनले बताए ।

विगतमा लाइसेन्स छपाइमा ढिलासुस्तीका कारण ट्रायल पास गरेकाहरुले लाइसेन्सका लागि लामो समयसम्म प्रतिक्षा गर्नुपथ्र्यो । तर अब भने लामो समय प्रतिक्षा गर्न नपर्ने उनी बताउँछन् । भन्छन्, ‘अब ट्रायल पास गरेको २ महिनाभित्र लाइसेन्स सेवाग्राहीको हातमा पुग्नेछ ।’

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ३ : ४७ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा