अध्यक्ष ओलीको केन्द्रीय समिति विस्तारको निर्णयप्रति प्रचण्डको आपत्ति « Khabarhub

अध्यक्ष ओलीको केन्द्रीय समिति विस्तारको निर्णयप्रति प्रचण्डको आपत्ति


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय समिति विस्तार गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् ।

१ तिहाई केन्द्रीय सदस्य भएको बैठकले झण्डै २ तिहाई सदस्य संख्या थप्नु स्वीकार्य हुन नसक्ने प्रचण्डले बताएका छन् ।

बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो ।

यसअघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्ष भित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा पाए पनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार ओली पक्षको तर्क छ ।

जसमा हाललाई १ हजार ३ सदस्यीय बनाइएको छ भने बाँकी संख्या क्रमशः थपिनेछ ।

प्रचण्डले ओलीले बोलाएको बैठक अवैधानिक रहेको समेत बताएका छन् । बहुमत केन्द्री सदस्यहरु आफ्नो भेलामा सहभागी भएको भन्दै उनले संविधान, नियम कानुन अनुसार आफूहरुले बोलाएको बैठक नै बैधानिक भएको जिकिर गरे ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ४ : ५३ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु