पार्टी अध्यक्षबाट ओलीलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय « Khabarhub

पार्टी अध्यक्षबाट ओलीलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुई तिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ ।

बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो । बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको जनाइएको छ ।

राष्ट्र हितविपरीत तथा पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन, पार्टी निर्णय पटक-पटक उलंघन गरेको लगायतका आरोप प्रस्तावमा लगाइएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताए ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको छलफलपछि उनलाई अध्यक्षबाट हटाउने निर्णय भएको हो ।

बैठकले अध्यक्ष परिवर्तनसहित ६ वटा एजेन्डा प्रस्तुत गरेको थियो ।  पछिल्लो राजनीतिक र पार्टीको परिस्थितिबारे जानकारी गराउने एजेन्डालाई पहिलो सूचीमा राखिएको थिय।

जसअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले बैठकमा आफ्ना धारणा राखेका छन् ।

त्यसैगरी दोस्रोमा अनुशासनको कारबाही राखिएको थियो । जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी अध्यक्ष पदबाट हटाउने स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदनका लागि प्रस्ताव गरिएको थियो ।

तेस्रो एजेन्डाअनुसार सोही बैठकमा माधव नेपाललाई रिक्त अध्यक्ष पदमा निर्वाचित गरेको घोषणा गर्ने एजेन्डा तय भएको थियो ।

त्यसैगरी चौथो र पाँचौ एजेन्डामा क्रमशः कार्यक्रम तथा कार्ययोजना र विरोध तथा संघर्ष पारित गरिनेछ। विविध एजेन्डा अन्तर्गत कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य नियुक्त गर्ने प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : १५ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल