ओलीलाई हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने ‘प्रचण्ड’ समूहको निर्णय (भिडियोसहित) « Khabarhub

ओलीलाई हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने ‘प्रचण्ड’ समूहको निर्णय (भिडियोसहित)

नेपाल र दाहाल दुवै अध्यक्षको हैसियत समान रहने


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

बैठकले नेकपा अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

नेता पुनका अनुसार दुवै अध्यक्षको हैसियत समान रहने छ। प्रचण्डले यसअघि कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए।

बैठकले राष्ट्र हितविपरीत तथा पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन, पार्टी निर्णय पटक-पटक उलंघन गरेको लगायतका आरोप लगाउँदै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको जनाएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताए ।

हेरौँ भिडियो

यसैगरी बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । बैठकले महरालाई स्थायी कमिटीमा लैजाने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यस्तै, बैठकले नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारी सुम्पिने निर्णय पनि गरेको छ।

यसअघि आजै भएको ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रचण्ड लगायत सबैलाई यथावत राखेर कमिटी बिस्तार गर्ने निर्णय गरेको थियो। उक्त बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिएको थियो।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ३६ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको