संसद विघटनको विद्यार्थी संगठनद्वारा विरोध « Khabarhub

संसद विघटनको विद्यार्थी संगठनद्वारा विरोध


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त विद्यार्थी संगठनले संसद् विघटनको विरोध गरेका छन् ।

संयुक्त विद्यार्थी संघको आज लैनचौरमा बसेको बैठकले पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस तथा राष्ट्रपतिले गरेको विघटनको घोषणाको विरोध गरेको हो ।

जनता कोरोना सङ्क्रमणको त्रासमा छटपटाइरहेको अवस्थामा जनताको जीवनरक्षाप्रति लाग्नुपर्ने बेलामा उक्त निर्णय भएको भन्दै बैठकले विरोध जनाएको नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

त्यस्तै बैठकले विचार र आस्थाका आधारमा गैरकानुनी थुनामा राखिएका संयुक्त आन्दोलनका क्रियाशील अखिल क्रान्तिकारीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न मागसमेत गरेको छ ।

बैठकमा नेपाल विद्यार्थी सङ्गठनका अध्यक्ष राजीव ढुङ्गाना, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौँका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझी सहभागी लगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ११ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि