संसद विघटनको विद्यार्थी संगठनद्वारा विरोध « Khabarhub

संसद विघटनको विद्यार्थी संगठनद्वारा विरोध


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त विद्यार्थी संगठनले संसद् विघटनको विरोध गरेका छन् ।

संयुक्त विद्यार्थी संघको आज लैनचौरमा बसेको बैठकले पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस तथा राष्ट्रपतिले गरेको विघटनको घोषणाको विरोध गरेको हो ।

जनता कोरोना सङ्क्रमणको त्रासमा छटपटाइरहेको अवस्थामा जनताको जीवनरक्षाप्रति लाग्नुपर्ने बेलामा उक्त निर्णय भएको भन्दै बैठकले विरोध जनाएको नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

त्यस्तै बैठकले विचार र आस्थाका आधारमा गैरकानुनी थुनामा राखिएका संयुक्त आन्दोलनका क्रियाशील अखिल क्रान्तिकारीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न मागसमेत गरेको छ ।

बैठकमा नेपाल विद्यार्थी सङ्गठनका अध्यक्ष राजीव ढुङ्गाना, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौँका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझी सहभागी लगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ११ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।