२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा एक, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा एक, झापामा ५, ताप्लेजुङमा एक, तेह्रथुममा २, धनकुटामा एक, भोजपुरमा एक, मोरङमा ४०, सुनसरीमा २६ र सोलुखुम्बुमा एकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को र धनुषामा ४ र बारामा एक जनामा संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौं ३००, काभ्रेमा २३, चितवनमा ३७, दोलखामा ४, धादिङमा एक, नुवाकोटमा ४, भक्तपुरमा २३, मकवानपुरमा १८, ललितपुरमा ४२, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ३, तनहुँमा ९, नवलपरासी पूर्वमा ६, लमजुङमा ३, बागुलङमा ३ र स्याङजामा ४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा एक, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ७, पाल्पामा ६, बर्दियामा १२, बाँकेमा ६, रुपन्देहीमा २० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशको जाजरकोटमा २ जना, जुम्लामा एकजना, डोल्पामा ३, दैलेखमा ३, सल्यानमा २, कालिकोटमा एक र सुर्खेतमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी २४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको अछाममा २, कैलालीमा ३, डडेल्धुरामा ४, बझाङमा ४ र बैतडीमा ८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : १८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ