माैसमः पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो (तीन दिनको अवस्थासहित) « Khabarhub

माैसमः पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो (तीन दिनको अवस्थासहित)


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले आज मुलुकका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईमा हुस्सु र कुहिरोको सम्भावना रहने जनाएको हो ।

वहाल देशका तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको र बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ९ गते (बिहिबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिक रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

रातिः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : २८ बजे

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्