वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति « Khabarhub

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थपेको छ।

बुधबार मध्यराति ललितपुरबाट पक्राउ गरिएका उनलाई अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले दिएको हो ।

बिहीबार दिउँसोदेखि अपराह्नसम्म भएको बहसपछि न्यायाधीश लुइँटेलले अनुसन्धानका लागि तीन दिन थुनामा पठाउन आदेश दिएका हुन् ।

प्रहरीले श्रेष्ठलाई बिहीबार अपरान्ह ४ बजेपछि मात्रै म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराएको थियो । 

जनआस्था साप्ताहिक र जनआस्था डटकमका प्रधानसम्पादकसमेत श्रेष्ठका तर्फबाट नेपाल बार एसोसियसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी र शम्भु थापा लगायतले बहस गरेका थिए । श्रेष्ठलाई पक्राउ गरिएपछि देशदेखि विदेशबाटसमेत चर्को विरोध भइरहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ६ : ३४ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक