अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूकबाट अमेरिकाको जनगणना शुरु | Khabarhub Khabarhub

अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूकबाट अमेरिकाको जनगणना शुरु


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा हरेक १० वर्षमा हुँदै आएको जनगणना शुरु भएको छ । जनगणना २०२० को शुरुवात अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूक बेबाट जनगणना शुरु भएको हो ।

अमेरिकी जनगणना व्यूरोका प्रमुख स्टिभन डिलिङ्घमले टोक्सूक बेका आदिबासी नेता ९० वर्षका लिजी चिमिएक नेन्गुरिअरलाई भेटेर जनगणनाको औपचारिक शुरुवात गरेका हुन् ।

हेरक १० वर्षमा हुने जनगणना अन्तर्गत अधिकांश क्षेत्रमा मार्चको मध्यमा गणना हुनेछ । तर अलास्कामा भने चाँडै नै गणना शुरु हुन्छ । जनवरीमा अलास्कामा हिउँ जमेर मानिस हिँड्न मिल्ने भएका हुन्छ, त्यसैले यहि बेला गणना गरिन्छ ।

अलास्काको ठूलो शहर एनकोरएजबाट ८०० किलोमिटर पश्चिममा रहेको टोक्सूक बे अति ग्रामीण क्षेत्र हो । सन् २०१० मा भएको जनगणनामा टोक्सूक बेको जनसंख्या ५९० थियो । जनसंख्या ब्युरोले सन् २०१७ मा त्यहाँको जनसंख्या ६६१ पुगेको अनुमान गरेको थियो ।

टोक्सूक बे जहिले पनि जनगणनाको पहिलो क्षेत्र भने रहेको छैन । सन् २०१० मा अलास्काको उत्तर–पश्चिमी तटीय क्षेत्र नूर्विकबाट जनगणना शुरु गरेको थियो । यस्तै सन् २००० मा अनलाक्लीटबाट जनगणना शुरु भएको थियो ।

अमेरिकाका अधिकांश क्षेत्रमा मध्य मार्चमा हुने गणनाका लागि अहिले गणकहरु चयनको प्रक्रिया जारी छ । यो पटकको जनगणनाका लागि तीन लाखदेखि पाँचलाख गणक प्रयोग हुने अनुमान छ । त्यसका लागि १८ लाखले निवेदन दिएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ८ : ०७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः