मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने | Khabarhub Khabarhub

मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएका थिए ।

बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति भएको थियो । बैठकले सहमतिलाई पालन गराउन प्रभावकारी अनुगमन समेत गर्ने निर्णय समेत गरेको छ ।

सिटभन्दा बढी यात्रु चढाउने तथा मालबहाक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारवाही गर्ने सहमति बैठकमा भएको छ ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङले भने, ‘सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा सवारी चालकलाई अबदेखि जरिवाना होइन, हिरासतमा राखेर कारवाही गर्नेछौ ।’

बीमा नभएका सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने, बिलबुकमा प्रयोजन भनिएको अनुसार सवारी सञ्चालन गर्ने, प्रदूषण पास नभएका सवारी सञ्चालनमा रोक लगाउने, सामान ढुवानी गर्दा सवारी साधनको बाहिर निस्कने गरी सामग्री राख्न नपाइने निर्णय बैठकले गरेको छ ।

ट्राफिक प्रहरीले सवारी चालक र यात्रुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइमकार्ड व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातिका लागि विशेष साङ्केतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रु सङ्ख्याभन्दा बढी यात्रु राखेमा कारवाही गर्ने निर्णय गरेको छ ।

जिल्लाको प्रमुख तीर्थस्थल ढोलामण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्णरूपमा बन्द गर्ने सहमति गरिएको छ । बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १० : १५ बजे

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण

कर्णाली– जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको स्पष्टीकरण– आरोप प्रमाणित भए पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु

काठमाडाैं – गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित षडयन्त्रमूलक ढङ्गबाट झुटा

आजका समाचार : भिजिट भिसा प्रकरणमा गृहको प्रष्टीकरण, प्रत्यक्ष निर्वाचित व्यवस्था खोज्दै प्रचण्ड र गाजामा जनजीवन कठिन

गृहमन्त्रालयले भन्यो-भिजिट भिसा सेटिङमा मन्त्री लेखकको कुनै संलग्नता छैनत्रिभुवन अन्तर्राष्ट्रिय

‘सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एक हुनुपर्छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं

राप्रपाको जनजागरण अभियान आजबाट सुरु

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले धार्मिक तथा जनजागरण