प्रजातान्त्रिक अभ्यासमा नेपालको अवस्था सुधार | Khabarhub Khabarhub

प्रजातान्त्रिक अभ्यासमा नेपालको अवस्था सुधार


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रजातान्त्रिक अभ्यास सूचाकांकमा नेपालको स्थिति सुधार भएको छ ।

बेलायतबाट प्रकाशित प्रशिद्ध अन्तर्राष्ट्रिय पत्रिका ‘द इकोनोमिष्ट’ले वार्षिक रुपमा सार्वजनिक गर्दै आएको डेमोक्रेसी इंडेक्समा नेपालको प्रजातान्त्रिक अभ्यास सुधारिएको जनाइएको हो ।

१ सय ६५ वटा मुलुकलाई समेटेर द इकोनोमिक ग्रुपको रिसर्च विभाग द इन्टिलिजेन्स युनिटले गरेको अनुसन्धानमा नेपालले सन् २०१८ को तुलनामा ५ स्थान सुधार गर्दै ९२ औं स्थानमा उक्लिएको हो । सन् २०१८ मा नेपाल ९७ औं स्थानमा थियो ।

नेकपाको सरकार आगामी चुनावअघिसम्म रहने, चीन र भारतसँगको सम्बन्ध सन्तुलित हुँदै जानु जस्ता कारणले स्थिति सुधार भएको जनाइएको छ । रिपोर्ट अनुसार सन् २०१९/२०२० मा वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ७ प्रतिशत औसत रहने पनि अनुमान गरिएको छ । जसले निजी खपत र निश्चित लगानीबाट सफल हुने अपेक्षा सहित स्थितिमा सुधार आएको उल्लेख गरिएको छ ।

रिपोर्ट अनुसार नर्वे प्रजातान्त्रिक अभ्यास गर्ने मुलुकहरुको सूचिमा शीर्ष स्थानमा छ । आइसल्याण्ड दोस्रो स्थानमा रहँदा अमेरिका भने २५ औं स्थानमा छ । छिमेकी मुलुक भारत ५१ औं स्थानमा छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : ४० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका