गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’ | Khabarhub Khabarhub

गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर उतै ‘लुकेकी’ छन् ।

तिलागुफा नगरपालिकाकी उप्रप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेकी हुन् ।

नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन भनेर उपमेयर दर्शना गत कात्तिकमा अमेरिका पुगेकी थिइन् ।

अमेरिका पुगेकी दर्शना केही समयसम्म सामाजिक सञ्जाल मार्फत नगरपालिकाका प्रमुख (मेयर) रत्नबहादुर बाहीसँग सम्पर्कमा थिइन् । तर, पछिल्लो १ महिनाभन्दा बढी समयदेखि उनी सम्पर्कविहीन भएकी मेयर शाहीले जानकारी दिए ।

‘शुरुमा म्यासेन्टरमार्फत उहाँ (दर्शना)सँग कुरा भइरहन्थ्यो,’ मेयर शाहीले भने, ‘तर, मंसिरको दोस्रो साता यतादेखि भने कुरा भएको छैन ।’

नगरपालिकाका कर्मचारीहरुले भने मेयर दर्शना अमेरिकामै लुकेको चर्चा गर्न थालेका छन् । तर, मेयर शाही भने दर्शना उतै लुकेको हो या कुनै समस्यामा परेको हो भन्ने विषयमा अहिले नै केही भन्न नसकिने बताउँछन् ।

‘उहाँसँग मंसिर दोस्रो सातातिर कुरा हुँदा बिरामी छु भन्नुभएको थियो । उपचार सकिएपछि नेपाल फर्किन्छु भन्नुहुन्थ्यो,’ शाहीले सुनाए, ‘तर, १ महिनाभन्दा बढी भइसक्यो, उहाँसँग सम्पर्क भएको छैन । के कारणले उहाँ सम्पर्कमा आउन सक्नुभएन भन्ने कुरा पनि केही थाहा हुन सकेको छैन ।’

उपमेयर दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्य समेत हुन् ।

उनी तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवारका रुपमा तिलागुफा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् । तत्कालीन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य रहेकी दर्शनालाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  २ : ४१ बजे

आगलागीमा परी चार वर्षीय बालकको मृत्यु

झापा । झापामा आगलागीमा परी एक बालकको मृत्यु भएको छ। मृत्यु

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको

आजका समाचार : संसद बैठकदेखि थापाथली अस्पतालबाट बच्चा चोरीसम्म

दिनभर आज सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंगाे लगाउन सांसदहरुको माग,

थापाथलीको परोपकार अस्पतालबाट कसले चोर्‍यो २६ दिने बच्चा ?

काठमाडौं- थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुती रोग अस्पतालबाट २६ दिनको

साताका समाचार : कठघरामा प्रधानमन्त्रीदेखि, कांग्रेस महासमिति बैठकसम्म

काठमाडौं  – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताका