काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाद्वारा गर्न थप ५ करोड हस्तान्तरण « Khabarhub

काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाद्वारा गर्न थप ५ करोड हस्तान्तरण


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड हस्तान्तरण गरेको छ ।

महानगरले बुधबार आयोजित एक कार्यक्रममा काष्ठमण्डप पुनः निर्माण समितिलाई रकम हस्तान्तरण गरेको हो । महानगरप्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका हुन् ।

३१ वैशाख २०७५ मा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले संयुक्त रूपमा क्षमापूजा गरेर पुनः निर्माणको काम शुभारम्भ गरेका थिए ।

शुभारम्भ भएसगै काष्ठमाण्डप पुनर्निर्माणको थालनी गर्दा कामपाले ५० लाख रूपयाँ हस्तान्तरण गरेको थियो ।

त्यस्तै महानगरले २०७६ मा थप ५ करोड रकम हस्तान्तरण गरेको थियो ।

हालसम्म १० करोड ५० लाख रुपैयाँ काष्ठमण्डप पुनः निर्माणका लागि हस्तान्तरण गरिसकेको छ । काष्ठमाण्डप पुनर्निर्माण गर्न अनुमानित १८ करोड लाग्ने अनुमान छ । काष्ठमण्डपको पुननिर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने बताउँदै आएको छ ।

कामपाका मेयर शाक्यले भने, ‘आफ्नै खर्चमा सम्पन्न गर्छौं ,कसैसँग सहयोग माग्दैनौँ । भौतिक रूपमा देखिने प्रगति अबको प्रतीक्षा हो’ मेयर शाक्यले थपे, ‘हाम्रै कार्यकालमा सम्पुर्ण सम्पदाहरु पुनर्निर्माण सक्नेछौ ।’

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ४ : ३४ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका