एपीएफलाई हराउँदै जावलाखेल शीर्ष पाँचमा उक्लियो « Khabarhub

एपीएफलाई हराउँदै जावलाखेल शीर्ष पाँचमा उक्लियो


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जावलाखेल युवा क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

बिहीबार दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेल र एपीएफबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको ५७ औं मिनेटमा जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले रातो कार्ड खाएका थिए । ५७ औं मिनेटमा १० खेलाडीमा सिमित भएको जावलाखेलविरुद्ध एपीएफले भने सुविधा लिन सकेन ।

तर, खेलको ७१ औं मिनेटमा अफ्रिकन खेलाडी फोफानेले गोल गर्दै एपीएफविरुद्ध क्लबलाई जित दिलाएका थिए ।

जीतसँगै जावलाखले १२ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । पराजित एपीएफ भने रेलिगेसन जोनमा छ । ८ खेल खेलिसकेको एपीएफले मात्रै ५ अंक जोड्दै अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : २९ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा