रोहितको उत्कृष्ट ब्याटिङमा क्यान–११ विजयी « Khabarhub

रोहितको उत्कृष्ट ब्याटिङमा क्यान–११ विजयी


९ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकदिवसीय मैत्रीपूर्ण खेलमा क्यान प्रेसिडेन्ट–११ ले मलेसिया–११ लाई ५ विकेटले पराजित गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा मलेसियाले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको क्यान–११ ले २३.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

क्यान–११ को जितमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ४ छक्का र ८ चौकाको मद्दतमा ८१ रन बनाए । यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २८ रन जोड्दा लोकेश बमले २६ रन बनाए ।

क्यान ११ विरुद्ध मलेसियाका विजय उनिले २ विकेट लिएका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा ४ बलमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । मलेसियाका लागि भुसन सेभले सर्वाधिक ३० रन बनाए भने सेभेन्द्र मोगनले २८, शर्भिन मुनियाण्डिले २२, मोहमद अरिफले १७, शेद अजिजले १५ र विजय उन्नीले १३ रन बनाएका थिए ।

मलेसियालाई सस्तैमा रोक्न क्यान ११ का अविनास बोहराले ३ विकेट लिए । यस्तै ललित राजबंशी र कुशल मल्लले समान २–२ विकेट हात पार्दा किशोर महतो र कमल सिंह ऐरीले समान १–१ विकेट लिए ।

यस अघि सोमबार भएका दुवै खेलमा क्यान ११ ले जीत हात पारेको थियो । पोखरामा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाका लागि नेपली टोली अहिले पोखरामा अभ्यास गरिरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  ५ : ४७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच