सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट ३१ थान जस्तापाता खसेपछि…! « Khabarhub

सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट ३१ थान जस्तापाता खसेपछि…!


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुमा पटक-पटक उडिरहेको हेलिकोप्टरबाट निर्माण सामग्री लगायतका वस्तुहरु खस्न थालेपछि स्थानीयले हवाइ उडानका कारण आफूहरु असुरक्षित भएको जनाएका छन् ।

उनीहरुले  यसबारे प्रहरी प्रशासनसँग गुहार मागेको भए पनि कुनै सुनुवाई नभएको बताए ।

पछिल्लो पटक शनिबार मात्र खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट जस्तापाता लगायतका निर्माण सामग्री खसेका थिए ।

यसअघि गत भदौ १९ गते उडिरहेको कैलास एअरको हेलिकोप्टरबाट सोलुदूधकुण्ड नगरपालिका २ को फेरामा सिरक लगायतका सामग्री खसेका थिए ।

शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाकाे जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको प्रहरीले जनाएको छ ।

जस्तापाता लगायतका निर्माण सामग्री लिएर उडिरहेको हेलिकोप्टरबाट केही जस्तापाता लगायतका सामग्री जंगलमा खसेका कारण कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालले जनाए ।

कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका लागि निर्माण सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले घटना गम्भीर भएको भन्दै प्रहरीको स्थलगत रिपोर्टपछि आवश्यक कारबाहीका लागि पहल गरिने जानकारी दिइन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : ४५ बजे

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने