सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट ३१ थान जस्तापाता खसेपछि...! | Khabarhub Khabarhub

सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट ३१ थान जस्तापाता खसेपछि…!


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुमा पटक-पटक उडिरहेको हेलिकोप्टरबाट निर्माण सामग्री लगायतका वस्तुहरु खस्न थालेपछि स्थानीयले हवाइ उडानका कारण आफूहरु असुरक्षित भएको जनाएका छन् ।

उनीहरुले  यसबारे प्रहरी प्रशासनसँग गुहार मागेको भए पनि कुनै सुनुवाई नभएको बताए ।

पछिल्लो पटक शनिबार मात्र खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट जस्तापाता लगायतका निर्माण सामग्री खसेका थिए ।

यसअघि गत भदौ १९ गते उडिरहेको कैलास एअरको हेलिकोप्टरबाट सोलुदूधकुण्ड नगरपालिका २ को फेरामा सिरक लगायतका सामग्री खसेका थिए ।

शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाकाे जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको प्रहरीले जनाएको छ ।

जस्तापाता लगायतका निर्माण सामग्री लिएर उडिरहेको हेलिकोप्टरबाट केही जस्तापाता लगायतका सामग्री जंगलमा खसेका कारण कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालले जनाए ।

कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका लागि निर्माण सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले घटना गम्भीर भएको भन्दै प्रहरीको स्थलगत रिपोर्टपछि आवश्यक कारबाहीका लागि पहल गरिने जानकारी दिइन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : ४५ बजे

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी