क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी | Khabarhub Khabarhub

क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ ।

क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी हुने गरेको कार्यालय प्रमुख रामचन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सात करोड २९ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि विगत तीन महिनाको अवस्था हेर्दा असुली रकम न्यून छ ।

कार्यालयले मङ्सिरमा ५८ लाख लक्ष्य राखेकामा रु ४७ लाख, पुसमा रु ५६ लाख राखेकामा रु ३८ लाख र माघमा रु ५४ लाख लक्ष्य राखेकामा रु ३७ लाख मात्र राजश्व सङ्कलन गरेको छ ।

यस क्षेत्रमा आयात गर्ने सामग्री घरायसी प्रयोजनको हुने भएकाले न्यून हुँदै गएको उहाँ बताउनुहुन्छ । “क्वारेन्टाइन भइदिएको भए पशुजन्य वस्तुको पनि आयात बढ्ने थियो । दैनिक उपभोग्य वस्तुको यहाँ धेरै माग छ तर क्वारेन्टाइन नभएकै कारण ल्याउँदा सीमित मात्रामा ल्याउनुपर्ने यहाँका व्यापारीको बाध्यता छ ।”

कार्यालय प्रमुख ढकाल भन्छन्, ‘क्वारेन्टाइन नहुँदा स्थानीय बासिन्दा पनि विवाह, भोज, पूजा आदिका नाममा सामान ओसार्ने गर्दछन् । यिनलाई कडाइ गर्न पनि सकिएको छैन । राजश्व सङ्कलनमा पनि घाटा भएको छ ।’

यहाँ रहेको क्वारेन्टाइन जाँचचौकी सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको हो । सो कार्यालय पुनःस्थापना गर्न यहाँका नागरिकले माग गर्दै आएका छन् ।

क्वारेन्टाइनको जाँचका लागि भौतिक संरचनाको अभाव छैन । कर्मचारी र जाँचका लागि उपकरण नहुँदा समस्या हटाउन पशुपक्षी विकास मन्त्रालयमा माग गरेको उनले बताए ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आफूहरुले प्रदेश र केन्द्र सरकारका साथै पशुपक्षी विकास मन्त्रालयमा यस भन्सारलाई प्राथमिकतामा पार्न अनुरोधसहित माग पेश गरेको जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ८ : २४ बजे

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट गाउँ लगिने (तस्बिरहरू)

काठमाडौं– भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी