गुगलमा खोज्नै नहुने यस्ता कुरा | Khabarhub Khabarhub

गुगलमा खोज्नै नहुने यस्ता कुरा


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिजोआज सानोतिनो समस्या र नयाँ कुराको खोजी हुनेवित्तिकै गुगलमा त्यसबारे खोजी गर्ने क्रम बढ्दो छ ।

तर गुगुलमा खोज्नै नहुने त्यस्ता तीन कुरा छन् जसले तपाई हाम्रो जीवन निराशामा पुर्‍याउनेदेखि पछुतो हुने अवस्थासम्म सृजना गर्न सक्छ ।

१. स्वास्थ्यबारे  

तपाईंको स्वास्थ्य ठीक छैन । त्यसका केही लक्षण छन् । र, ती लक्षणको आधारमा आफूलाई के भएको हो भनेर जान्ने कौतुहलताका साथ गुगलमा खोज्न थाल्दा समस्या आउँन सक्छ ।

यदि गुगलमा तपाईंले ती लक्षणबारे लेख्नुभयो भने गुगलले ज्यान लिने बिमारी नै भनिदिने सम्भावनालाई पनि नकार्न सकिन्न । यसले बिनासित्तीमा आफैंलाई तनाव सृजना हुन्छ ।

यसर्थ स्वास्थ्यका बिषयमा गुगललाई हैन डाक्टलाई सोध्नु नै हितकर हुन्छ ।

२. बम बनाउने तरिका

गुगलमा बिर्सेर पनि बम बनाउने तरिकाबारे सर्च नगर्नोस् ।

जब तपाईं बम बनाउने तरिका या यससँग कुनै प्रश्न गुगलमा टाइप गर्नुहुन्छ, त्यतिबेला गुगलले तपाईंको आइपी एड्रेस सुरक्षा एजेन्जीलाई पठाउँछ ।

ततपश्चात तपाई प्रहरीको फन्दामा पर्नुहुन्छ । बेकारमा पछुतो हुने काम नगरेकै राम्रो ।

३. आत्महत्या गर्ने तरिका

यदि आत्महत्या गर्ने तरिकाबारे पनि तपाईं गुगल गर्नुहन्छ भने, गुगलले तपाईंलाई एक हेल्पलाइन नम्बर दिनेछ ।

उक्त नम्बरमा तपाईंले कल गर्नुहुन्छ, जुन एक काउन्सुलरसँग कनेक्ट हुन्छ । उसले तपाईंलाई सम्झाउने कोसिस गर्छ ।

यस्तै, तपाईंलाई दिएको हेल्पलाइन नम्बरप्रति बेवास्ता गर्दै अन्य नतिजामा जानुहुन्छ भने त्यहाँ कुनै त्यस्तो लेख भेटिने छैन, जसले तपाईंलाई आत्महत्या गर्न सिकाओस् ।

तर, केही जानी भेटिइहाल्यो भने पनि तपाईंलाई आत्महत्या गर्ने तरिकाबारेभन्दा पनि यस्तो नगर्ने सुझाव दिइएको हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ०५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस