जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउनेभएपछि गाउँपालिकाले दियो सार्वजनिक विदा « Khabarhub

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउनेभएपछि गाउँपालिकाले दियो सार्वजनिक विदा


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गरेका छन् । जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुम-आठराई जाँदैछन् ।

तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् ।

आफ्नो जन्मदिन मनाउन इवा जान लागेका प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए ।

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिएको हो ।

साथै गाउँपालिकाले कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि भनेको छ ।

‘यहि मिति २०७६/११/११ गतेका दिन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट विभिन्न विकास निर्माणका कार्यक्रमहरुको शिलान्यास गर्ने कार्यक्रम तय भए बमोजिम यस आठराई गाउँपालिकामा पाल्नुहुने कार्यक्रम रहेकाले यस गाउँ कार्यपालिकाको मिति २०७६/११/०६ गतेको निर्णय अनुसार यस आठराई गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिने निर्णय भए बमोजिम मिति २०७६/११/११ गतेका दिन सार्वजनिक विदा दिएको सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ,’ गाउँपालिकाले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘उक्त दिन गाउँपालिकासँग सम्बन्धित सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, विद्यालयका शिक्षकहरु तोकिएको पोशाकमा उपस्थित भई दिनुहुन समेत जानकारी गराईन्छ ।’

प्रधानमन्त्री ओलीले त्यहाँ एक स्थानीय बाटोको शिलान्यास गर्नुको साथै र नेपाल बैंकको उद्घाटन गर्नेछन् ।

ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको थियो भने २०२० सालमा ओली परिवार झापा बसाईं सरेको थियो।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ३० बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन