बालुवाटारमा ओलीले मनाए जन्मदिन, शुभकामना दिन पुगे उपप्रधानमन्त्री (फोटो फिचर) « Khabarhub

बालुवाटारमा ओलीले मनाए जन्मदिन, शुभकामना दिन पुगे उपप्रधानमन्त्री (फोटो फिचर)


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा ओलीलाई जन्मदिनको शुभकामना दिन उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपाका नेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका सचिवालयका सदस्यहरु, सुभेक्षुक र शुभचिन्तक बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले सामाजिक सञ्जालमा राखेको तस्वीरमा प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद, पत्नी राधिकासहित शुभेक्षुक र शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेको देख्न सकिन्छ ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउनका लागि आफ्नो जन्मथलो तेह्रथुम जाँदैछन् ।

जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुम आठराई जाँदैछन् ।

तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् ।

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिएको हो ।

साथै गाउँपालिकाले कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि भनेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ४७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस