बालुवाटारमा ओलीले मनाए जन्मदिन, शुभकामना दिन पुगे उपप्रधानमन्त्री (फोटो फिचर) « Khabarhub

बालुवाटारमा ओलीले मनाए जन्मदिन, शुभकामना दिन पुगे उपप्रधानमन्त्री (फोटो फिचर)


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा ओलीलाई जन्मदिनको शुभकामना दिन उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपाका नेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका सचिवालयका सदस्यहरु, सुभेक्षुक र शुभचिन्तक बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले सामाजिक सञ्जालमा राखेको तस्वीरमा प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद, पत्नी राधिकासहित शुभेक्षुक र शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेको देख्न सकिन्छ ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउनका लागि आफ्नो जन्मथलो तेह्रथुम जाँदैछन् ।

जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुम आठराई जाँदैछन् ।

तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् ।

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिएको हो ।

साथै गाउँपालिकाले कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि भनेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ४७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच