कोरोना संक्रमणः कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन राजदूतावासको आग्रह « Khabarhub

कोरोना संक्रमणः कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन राजदूतावासको आग्रह


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियाका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेपालीहरुमा आग्रह गरेको छ ।

राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै  आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना संक्रमणबाट सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो ।

नेपाली राजदूतावास सिओलले हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । थेगु र आसपासका क्षेत्रमा सात हजार नेपाली इपिएसमार्फत काम गरिरहेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ ।

राजदूतावासले कोरोनाको संक्रमण भएको आशंका भएमा स्वास्थ्य संस्थाहरुमा गएर चेक जाँच गर्न नेपालीहरुलाई आह्वान गरेको छ ।
अवैधानिक रुपमा कोरिया बसेकाहरुमा माथि पनि कोरिया सरकारले कोरोना जाँचका क्रममा सोधपुछ र देश फिर्ता नगर्ने विज्ञप्तिमा जनाइएको छ ।

‘कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरु समेत सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा विरामीको कानूनी हैसिुयतका बारेमा नसोध्न अस्पतालहरुलाई निर्देशन दिइएको सम्बन्धमा कोयिरयाको अध्यागनमन विभागले गरेको लिखित पत्राचार बारे प्रषित गरिएको थियो ’ विज्ञप्तिमा भनिएको छ ।

केही समय अघि चीनको हुबे प्रान्तको बुहान शहरबाट कोरोनाका भाइरसको संक्मण शुरु भइ विश्वका विभिन्न देशहरुमा फैलिएको छ ।

कोरियामा पनि सिमित संख्यामा कोरोना भाइसरको संक्रमण देखिएको केही दिन अघिबाट यो फैलिँदै गएको विज्ञप्तिमा जनाइएको छ ।
दक्षिण कोरियाली सञ्चार माध्यमबाट प्रकाशित समाचारहरुमा जनाइए अनुसार फागनु १० गतेसम्म दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या चार सय नाघिसकेको छ ।

‘सम्बद्ध निकायहरुबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्क्त प्रयासहरुका वावजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझ बढी सजग र सचेत हुन जरुरी छ । विभिन्न कोरियाली निकायहरुबाट प्राप्त सचेतना र सुरक्षाका उपायहरु दूतावासले आफ्नो वेवसाइट मार्फत जानकारीलागि प्रचार समेत गर्दै आएको छ’ विज्ञप्तिमा भनिएको छ ।

हाल दक्षिण कोरियामा ३५ देखि ४० हजार नेपाली कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ११ : १७ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती