कोरोना संक्रमणः कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन राजदूतावासको आग्रह « Khabarhub

कोरोना संक्रमणः कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन राजदूतावासको आग्रह


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियाका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेपालीहरुमा आग्रह गरेको छ ।

राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै  आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना संक्रमणबाट सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो ।

नेपाली राजदूतावास सिओलले हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । थेगु र आसपासका क्षेत्रमा सात हजार नेपाली इपिएसमार्फत काम गरिरहेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ ।

राजदूतावासले कोरोनाको संक्रमण भएको आशंका भएमा स्वास्थ्य संस्थाहरुमा गएर चेक जाँच गर्न नेपालीहरुलाई आह्वान गरेको छ ।
अवैधानिक रुपमा कोरिया बसेकाहरुमा माथि पनि कोरिया सरकारले कोरोना जाँचका क्रममा सोधपुछ र देश फिर्ता नगर्ने विज्ञप्तिमा जनाइएको छ ।

‘कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरु समेत सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा विरामीको कानूनी हैसिुयतका बारेमा नसोध्न अस्पतालहरुलाई निर्देशन दिइएको सम्बन्धमा कोयिरयाको अध्यागनमन विभागले गरेको लिखित पत्राचार बारे प्रषित गरिएको थियो ’ विज्ञप्तिमा भनिएको छ ।

केही समय अघि चीनको हुबे प्रान्तको बुहान शहरबाट कोरोनाका भाइरसको संक्मण शुरु भइ विश्वका विभिन्न देशहरुमा फैलिएको छ ।

कोरियामा पनि सिमित संख्यामा कोरोना भाइसरको संक्रमण देखिएको केही दिन अघिबाट यो फैलिँदै गएको विज्ञप्तिमा जनाइएको छ ।
दक्षिण कोरियाली सञ्चार माध्यमबाट प्रकाशित समाचारहरुमा जनाइए अनुसार फागनु १० गतेसम्म दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या चार सय नाघिसकेको छ ।

‘सम्बद्ध निकायहरुबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्क्त प्रयासहरुका वावजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझ बढी सजग र सचेत हुन जरुरी छ । विभिन्न कोरियाली निकायहरुबाट प्राप्त सचेतना र सुरक्षाका उपायहरु दूतावासले आफ्नो वेवसाइट मार्फत जानकारीलागि प्रचार समेत गर्दै आएको छ’ विज्ञप्तिमा भनिएको छ ।

हाल दक्षिण कोरियामा ३५ देखि ४० हजार नेपाली कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ११ : १७ बजे

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास

कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको