ओली र विप्लवको ‘बर्थ डे ‘ एकै दिन ! « Khabarhub

ओली र विप्लवको ‘बर्थ डे ‘ एकै दिन !


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको आज जन्मदिन परेको छ ।

प्रधानमन्त्री ओलीे ६९ वर्षमा प्रवेश गरेका छन् भने ५२ वर्षमा प्रवेश गरेका छन् ।

प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव ‘विप्लव’ को आज जन्मदिन परेपछि सामाजिक सञ्जालमा उनले बधाइ एवं शुभकामना पाइरहेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ को जन्म रोल्पाको केवरीस्थित मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा भएको थियो । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् ।

सरकारले विप्लव नेतृत्वको दललाई विप्लव समूह भन्दै प्रतिवन्धित गरेपछि उनी पछिल्लो समय भूमिगत रहेका छन् ।

यस्तै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन पनि आजै परेको छ ।
ओलीले आज ६९ औं जन्मदिन मनाइरहेका छन् ।

ओलीले विहान बालुवाटारमा जन्मदिन मनाएका छन् भने उनी आजै आफ्नो जन्मथलो तेह्रथुम आठराई जाँदैछन् ।

प्रधानमन्त्री जन्मदिन मनाउन आठराई आउने भएपछि गाउँपालिकाले सार्वजनिक विदा नै दिएको छ । ओलीले आठराई पुगेर बाटोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १ : २० बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक