रोजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ | Khabarhub Khabarhub

रोजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनग्य आम्दानी हुने गरी राजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ५६ हजार नगद ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

३२ जना नेपालीहरुलाई आकर्षक तलब पाउने गरी टर्की र ग्रीस पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाख देखि १० लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–७ बुधबारे घर भइ काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेल छन् ।

पीडितमध्येका गोपीराम पराजुलीले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पोखरेललाई पक्राउ गरेको हो ।

पोखरेललाई काठमाडौंको टेकुबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : २१ बजे

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो