समयमै सडक नबनेको भन्दै आन्दोलन गर्ने पाँच जना पक्राउ « Khabarhub

समयमै सडक नबनेको भन्दै आन्दोलन गर्ने पाँच जना पक्राउ


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच वर्षदेखि अलपत्र लामोसाँघु जिरी सडकखण्ड अन्तर्गतको खाडीचौरदेखि चरिकोटसम्मको मुख्य सडक नबनेको भन्दै बिरोधमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा आइतवार तालाबन्दी गर्न गएका नागरिक समाजका अगुवाहरुलाई सिन्धुपाल्चोक प्रहरीले प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेहरुमा चिरन्जीबी मास्के, रमेश खतिवडा, गार्कण प्रसाद भण्डारी, सिर्जन घिमिरे र ज्ञानबहादुर बस्नेत रहेका छन् ।

भारतीय एक्जिम बैंकको ऋण लगानीमा अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचउर देखि जिरीसम्मको लामोसाँघु जिरी सडक निर्माण दोहोरो लेनको बनाउन २०७२ सालमा ठेक्का भएको थियो ।

खाडीचउर देखि चरिकोटसम्मको ५५ किलोमिटरलाई दुइ खण्डमा बाँडेर करिब १ अर्ब २० करोड लागनीमा ठेक्का लगाइएको थियो ।

त्यस्तै सिन्धुपाल्चोकको खाडीचउरदेखि मुडेसम्म २५ किलोमिटर पहिलो खण्ड निर्माण गर्न भारतीय ठेकेदार कम्पनीसँगको साझेदारीमा नेपाली कम्पनी गौरी पार्वती र सुनौलो खिम्तीले ठेक्कामा लिएका थिए ।

विशेषगरी सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सोलुखुम्बुलाई राजधानीसँग जोड्ने यो सडक ५ वर्षदेखि अलपत्र रहेको छ । ठेकेदारको लापरवाहीका कारण सर्वसाधरणले सास्ती खेपिरहेका छन् भने यो क्षेत्रमा पटक–पटक आन्दोलन समेत भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ३ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै