समयमै सडक नबनेको भन्दै आन्दोलन गर्ने पाँच जना पक्राउ « Khabarhub

समयमै सडक नबनेको भन्दै आन्दोलन गर्ने पाँच जना पक्राउ


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच वर्षदेखि अलपत्र लामोसाँघु जिरी सडकखण्ड अन्तर्गतको खाडीचौरदेखि चरिकोटसम्मको मुख्य सडक नबनेको भन्दै बिरोधमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा आइतवार तालाबन्दी गर्न गएका नागरिक समाजका अगुवाहरुलाई सिन्धुपाल्चोक प्रहरीले प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेहरुमा चिरन्जीबी मास्के, रमेश खतिवडा, गार्कण प्रसाद भण्डारी, सिर्जन घिमिरे र ज्ञानबहादुर बस्नेत रहेका छन् ।

भारतीय एक्जिम बैंकको ऋण लगानीमा अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचउर देखि जिरीसम्मको लामोसाँघु जिरी सडक निर्माण दोहोरो लेनको बनाउन २०७२ सालमा ठेक्का भएको थियो ।

खाडीचउर देखि चरिकोटसम्मको ५५ किलोमिटरलाई दुइ खण्डमा बाँडेर करिब १ अर्ब २० करोड लागनीमा ठेक्का लगाइएको थियो ।

त्यस्तै सिन्धुपाल्चोकको खाडीचउरदेखि मुडेसम्म २५ किलोमिटर पहिलो खण्ड निर्माण गर्न भारतीय ठेकेदार कम्पनीसँगको साझेदारीमा नेपाली कम्पनी गौरी पार्वती र सुनौलो खिम्तीले ठेक्कामा लिएका थिए ।

विशेषगरी सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सोलुखुम्बुलाई राजधानीसँग जोड्ने यो सडक ५ वर्षदेखि अलपत्र रहेको छ । ठेकेदारको लापरवाहीका कारण सर्वसाधरणले सास्ती खेपिरहेका छन् भने यो क्षेत्रमा पटक–पटक आन्दोलन समेत भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ३ : ०५ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण