संविधान संशोधन अध्ययनका लागि नेकपाले गठन गर्‍यो तीन सदस्यीय कार्यदल « Khabarhub

संविधान संशोधन अध्ययनका लागि नेकपाले गठन गर्‍यो तीन सदस्यीय कार्यदल


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान संशोधनबारे अध्ययन का लागि कार्यदल गठन गरेको छ ।

शनिवार (हिजो) बसेको नेकपाको सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

नेता माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको स्रोतको भनाइ छ । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेका छन् ।

शनिवारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल गठनका लागि प्रस्ताव पेश गरेका थिए ।

कार्यदलले राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान स‌ंशोधनका लागि अध्ययन गर्ने र संविधान संशोधन गर्नु पर्ने अन्य विषयबारे समेत अध्ययन गर्ने जिम्मेवारी पाएको स्रोतको भनाइ छ ।

सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको भएपनि निर्णय भने नभएको स्रोतको भनाइ छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी स्वरुप कार्यदल गठन गरेको स्रोतको दाबी छ ।

यसअघि राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न नमिल्ने भन्दै उपाध्यक्ष गौतमले राष्ट्रिय सभा सदस्य बन्न अस्वीकार गरेको बताएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ४ : ३२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख

आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य