बी डिभिजन लिग : व्वाइज युनियन र बाँसबारी विजयी  « Khabarhub

बी डिभिजन लिग : व्वाइज युनियन र बाँसबारी विजयी 


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक बी डिभिजन लिगको पहिलो दिनको खेलमा व्वाइज युनियन क्बल र बाँसबारी क्बलले विजयी शुरुवात गर्दा श्रीकुमारी क्लब र श्रीभगवती क्बल पराजित भएका छन् ।

सातदोबोटोस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा व्वाइज युनियन क्लबले श्रीकुमारीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
बी डिभिजन लिगको उद्घाटन खेलका रुपमा रहेको व्वाइज युनियन र श्रीकुमारीबीचको खेल रहेको थियो ।

व्वाइज युनियनका लागि बर्तमान राई र प्रदिप बोगटीले समान एक–एक गोल गरे । खेलको ४१ औं मिनेटमा गोल गर्दै राईले टीमलाई अग्रता दिलाएका थिए भने बोगटीले ७६ औं मिनेटमा गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाए ।

व्वाइज युनियनविरुद्ध श्रीकुमारीका खेलाडीले गोल गर्न नसक्दा बोगटीको उक्त गाृल नै टिमको जीतका लागि निर्णायक बन्यो ।

यस्तै, आजै भएको अर्को खेलमा बाँसबारी क्लबले श्रीभगवतीलाई १–० गोल अन्तरले पराजित गरेको छ । बासबारीको जीतमा अमृत गुरुङले खेलको ८४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो ।

योसँगै पहिलो दिनको खेलमा व्वाइज युनियन र बाँसबारीले समान ३–३ अंक जोड्दै शुखद् शूरुवात गर्दा श्रीकुमारी र श्रीभगवतीले भने कमजोर शुरुवात गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ५२ बजे

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ