बी डिभिजन लिग : व्वाइज युनियन र बाँसबारी विजयी  « Khabarhub

बी डिभिजन लिग : व्वाइज युनियन र बाँसबारी विजयी 


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक बी डिभिजन लिगको पहिलो दिनको खेलमा व्वाइज युनियन क्बल र बाँसबारी क्बलले विजयी शुरुवात गर्दा श्रीकुमारी क्लब र श्रीभगवती क्बल पराजित भएका छन् ।

सातदोबोटोस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा व्वाइज युनियन क्लबले श्रीकुमारीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
बी डिभिजन लिगको उद्घाटन खेलका रुपमा रहेको व्वाइज युनियन र श्रीकुमारीबीचको खेल रहेको थियो ।

व्वाइज युनियनका लागि बर्तमान राई र प्रदिप बोगटीले समान एक–एक गोल गरे । खेलको ४१ औं मिनेटमा गोल गर्दै राईले टीमलाई अग्रता दिलाएका थिए भने बोगटीले ७६ औं मिनेटमा गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाए ।

व्वाइज युनियनविरुद्ध श्रीकुमारीका खेलाडीले गोल गर्न नसक्दा बोगटीको उक्त गाृल नै टिमको जीतका लागि निर्णायक बन्यो ।

यस्तै, आजै भएको अर्को खेलमा बाँसबारी क्लबले श्रीभगवतीलाई १–० गोल अन्तरले पराजित गरेको छ । बासबारीको जीतमा अमृत गुरुङले खेलको ८४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो ।

योसँगै पहिलो दिनको खेलमा व्वाइज युनियन र बाँसबारीले समान ३–३ अंक जोड्दै शुखद् शूरुवात गर्दा श्रीकुमारी र श्रीभगवतीले भने कमजोर शुरुवात गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना