भारतमा बस दुर्घटनामा निधन भएका नेपालीहरुकाे शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

भारतमा बस दुर्घटनामा निधन भएका नेपालीहरुकाे शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले तीर्थयात्राका लागि भारत गएका ६ जना नेपाली बस दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ ।

तीर्थयात्राका लागि भारत गएका कम्तीमा ६ जना नेपालीको यही फागुन ८ गते भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको र केही गम्भीर घाइते भएका थिए ।

उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत दुर्घटनामा ज्यान गुमाएकाहरुको शव सहजरूपमा स्वदेश ल्याउने प्रबन्ध गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : ४० बजे

अनेरास्ववियुलाई ओलीको निर्देशन- एमाले कहाँ छ भन्नेहरूलाई हराएर उत्तानो पारिदिए हुन्छ

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

उपल्लो मुस्ताङमा एकै वर्षमा चार लाख पर्यटक

म्याग्दी– सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ

रविसहितको मुद्दामा आदेश आउँदै, रास्वपाका शीर्ष नेताहरू कास्की अदालत परिसरमा

गण्डकी–पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय

आठौ संस्करणको ‘विराट एक्स्पो’ माघ ११ देखि

विराटनगर – उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म

जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपर्‍यो : परराष्ट्रमन्त्री

काभ्रेपलाञ्चोक– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा