'कोरोना राहत कोष'मा एक करोड सहयोग गर्ने व्यवसायी चौधरीको घोषणा | Khabarhub Khabarhub

‘कोरोना राहत कोष’मा एक करोड सहयोग गर्ने व्यवसायी चौधरीको घोषणा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्।

उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका हुन्।

‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरुप ५० लाख नगद र ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछु,’ बसन्त चौधरीले ट्‍वीटरमा उल्लेख गरेका छन्।

सरकारको कोरोना राहत कोषमा गैर आवासीय नेपाली संघले पनि एक करोड सहयोग गर्ने घोषणा गरिसकेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गर्दै सहयोग गर्न सबैलाई आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : ४३ बजे

इजरायलको आक्रमणमा गाजामा ८४ जनाको मृत्यु

प्यालेस्टाइन – गाजाको भवनमा इजरायलले गरेको दुई फरकफरक आक्रमणमा ५०

सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री ओली

पाटन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको

सयपत्रीको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

सुदूरपश्चिम – ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव

नेपाल संवत र म्हः पूजाका मौलिक विशेषता छन् : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको

राष्ट्रपति भए अपराध नियन्त्रण गर्ने ह्यारिसको प्रतिबद्धता

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि