सीमा बन्द हुनअघि काँकडभिट्टा नाकाबाट ५ सय भारतीय नागरिक स्वदेश फर्किए | Khabarhub Khabarhub

सीमा बन्द हुनअघि काँकडभिट्टा नाकाबाट ५ सय भारतीय नागरिक स्वदेश फर्किए


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न सरकारले सीमानाका बन्द गर्नअघि पूर्वीनाका काँकडभिट्टाबाट ५ सय भन्दा बढी भारतीय नागरिक भारत फर्किएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले आज बिहान ८ बजेसम्ममा ५०० भन्दा बढी भारतीयहरु काँकडभिट्टा नाकामा जाँच गराएर पश्चिम बङ्गालतर्फ गएको जानकारी दिए ।

आजै बिहान भारतबाट एक सय जना जति नेपाली पनि नेपाल प्रवेश गरेका छन् ।

आइतबार भारतमा जनता कर्फ्यू लगाइएका कारण भारत जान नपाएकाहरु आज बिहानैदेखि काँकडभिट्टाबाट भारत गएका हुन् ।

नेपालका कलकारखानामा मजदुरी गर्न, व्यापार व्यवसाय गर्न र घुमफिरका लागि आएका भारतीय नागरिकहरु नाका बन्द हुनुअघि नै भारत प्रवेश गर्ने भन्दै काँकडभिट्टामा जम्मा भएका हुन् ।

विगत तीन सातामा काँकडभिट्टा नाका भएर नेपालमा ८५ हजार र नेपालबाट भारततिर ८१ हजार जनाले कोरोना हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएर आउजाउ गरेको समेत प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : ३२ बजे

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम