मुक्तिनाथ र कागबेनी जान रोक | Khabarhub Khabarhub

मुक्तिनाथ र कागबेनी जान रोक


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाइएको मुस्ताङका प्रजिअ तथा मुक्तिनाथ विकास समितिको अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिए ।

मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने नेपाली र भारतीय पर्यटकको सङ्ख्यामा कमी नआउँदा कोभिड–१९ को जोखिम बढ्ने देखिएकाले सर्वपक्षीय बैठकले मङ्गलबारदेखि अनिश्चितकालका लागि उक्त धार्मिकस्थलमा धार्मिक पर्यटक आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

“२५ जनाभन्दा बढीको समूहमा नहिँड्ने भनेर सरकारले नै निर्देशन दिएको छ तर हामी अनुगमनमा जाँदा कागबेनी घाट, मुक्तिनाथ मन्दिर र बौद्ध गुम्बामा भीडभाड देख्यौँ”, उनले भने “मुक्तिनाथ मन्दिर र कागबेनी घाटमा भारतीय तीर्थालुको उपस्थिति बाक्लो थियो । यही कारण बन्द गर्नुपरेको हो”, प्रजिअ अर्यालले बताए ।

मुस्ताङमा धेरै देशका पर्यटक जाने भएका कारण सङ्क्रमित व्यक्ति छिर्न सक्ने भएकाले कोरोनाको सन्त्रास कायम रहने बेलासम्म धार्मिकस्थलहरू बन्द रहने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ०४ बजे

बझाङमा एमालेले उछिन्यो कांग्रेसलाई, १० मतको अग्रता

काठमाडौं – बझाङ प्रदेशसभा १ उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी