कोरोना कहर: ‘दुई नम्बरी’ छायांकन पनि रोकियो « Khabarhub

कोरोना कहर: ‘दुई नम्बरी’ छायांकन पनि रोकियो


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कास्कीको घाचोकमा छायांकन भइरहेको फिल्म ‘दुई नम्बरी’ को छायांकन रोकिएको छ । कोरोना प्रभावका कारण फिल्मको छायांकन स्थगित गरिएको निर्देशक दिपेन्द्र लामाले बताए ।

‘सबैको स्वास्थ्यलाई ख्याल गर्दै र कोरोना त्रास नफैलोस् भनेर सचेत बनेका हौं,’ उनले भने ।

फिल्ममा पल शाह र वर्षा राउतको पनि शीर्ष भूमिका रहनेछ । ‘दुई नम्बरी’ बाट नेपाली रजतपटमा भुटानी नायिका उगेनले डेब्यु गरेकी छिन् ।

सम्पूर्ण छायांकन पोखरामा गरिने भनिएको यो फिल्मको ३५ दिनमा शूटिङ सकाइने योजना थियो । अब भने कोरोना त्रासका कारण फिल्मको छायांकन पछि धकेलिएको हो ।

रोहित कट्टेल र सरोज नेपालीले निर्माण गरेको यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् भने किरण नेपाली प्रस्तुतकर्ता छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ४४ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट