कोरोना संक्रमणको सबैभन्दा बढी मृत्युदर इण्डोनेशिया र इटलीमा « Khabarhub

कोरोना संक्रमणको सबैभन्दा बढी मृत्युदर इण्डोनेशिया र इटलीमा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सोमबार मध्याह्नसम्ममा विश्वका १८६ देशमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण फैलिएको छ ।

यी देशमा कुल २ लाख ९४ हजार ११० जना संक्रमित भएका छन् । यी मध्ये १२ हजार ९४४ जनाको मृत्यु भएको छ ।

विश्वमा कोभिड–१९ संक्रमितको संख्याका आधारमा मृत्युदर ४.४० प्रतिशत रहेको छ ।

सबैभन्दा धेरै युरोपेली मुलुक इटलीमा ५३ हजार ५७८ जनामा संक्रमण भएकोमा ४ हजार ८२७ जनाको मृत्यु भएको छ । इटलीको यो मृत्युदर ९.० प्रतिशत हो ।

युरोपकै अर्को मुलुक स्पेनमा मृत्युदर ५.३१ रहेको छ । हालसम्म २४ हजार ९२६ जनामा संक्रमण भएकोमा १ हजार ३२६ जनको मृत्यु भएको छ ।

बेलायतमा मृत्युदर ४.४६ प्रतिशत रहेको छ । त्यहाँ ५ हजार १८ जनामा संक्रमण देखिएकोमा २३३ जनाको मृत्यु भएको छ ।

फ्रान्समा मृत्युदर ३.९३ प्रतिशत रहेको छ । त्यहाँ हालसम्म १४ हजार २९६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा ५६२ जनाको मृत्यु भएको छ ।

टर्कीमा हालसम्म ९४७ जनामा संक्रमण भएकोमा २१ जनाको मृत्यु भएको छ । यो मृत्युदर २.२१ प्रतिशत हो ।

संयुक्त राज्य अमेरिकामा मृत्युदर १.३२ प्रतिशत रहेको छ । हालसम्म १५ हजार २१९ जनामा संक्रमण भएकोमा २०१ जनाको मृत्यु भएको छ ।

एशियाली मुलुकमा सबैभन्दा बढी मृत्युद इण्डोनेशियामा देखिएको छ ।

हालसम्म ५१४ जनामा संक्रमण भएकोमा ४८ जनाको मृत्यु भएको छ । यो मृत्यु दर ९.३३ प्रतिशत हो । हालसम्ममा यो नै सबैभन्दा बढी मृत्युदर हो ।

एशियाली मुलुकमा बढी मृत्युदर देखिएको अर्को देश हो इरान । यहाँ हालसम्म २१ हजार ६३८ जनामा संक्रण फेला परेकोमा १६८५ जनाको मृत्यु भएको छ । यो मृत्युदर ७.७८ प्रतिशत हो ।

जापानमा कोभिड–१९ संक्रमणको मृत्युदर ३.४४ प्रतिशत रहेको छ । हालसम्म १ हजार ४६ जनामा संक्रमण भएकोमा ३६ जनाको मृत्यु भएको छ ।

भारतमा मृयुदर १.४६ प्रतिशत रहेको छ । हालसम्म ३४१ जनामा संक्रमण पुष्टि भएकोमा ५ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ उत्पति भएको देश चीनमा हालसम्म ८१ हजार ४९९ जनामा संक्रणम फेला परेकोमा ३ हजार २६७ जनाको मृत्यु भएको छ । यो मृत्युदर ४.० प्रतिशत हो ।

अफ्रिकी मुलुकहरूमा संक्रमण देखिन थाले पनि मृत्युको संख्या थोरै छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : ०६ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका