डिजिटल कारोबारको सीमा बढ्यो « Khabarhub

डिजिटल कारोबारको सीमा बढ्यो


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाएको छ ।

बैंकले आइतबार परिपत्र जारी गर्दै डिजिटल भुक्तानी सेवाको सीमा बढाएको जनाएको हो । सो परिपत्रका अनुसार अब मोबाइल तथा इन्टरनेटका माध्यमबाट गरिने र मोबाइल वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफरको सीमा बढ्ने भएके हो।

केन्द्रीय बैंकले मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको छ । इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को कारोबार सीमा भने यथावत राखेको छ ।

यस्तै, केन्द्रीय बैंकले मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर अथवा भुक्तानी गर्ने सीमा पनि प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ५ लाख पुर्यााएको छ । यसअघि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै रहेको थियो ।

केन्द्रीय बैंकले एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्ने सीमा पनि बढाएको छ । यसअघि प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको मात्रै कारोबार गर्न सकिने व्यवस्था रहेकोमा अब प्रतिकारोबार २५ हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने भएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्था र सेवा प्रदायकले अर्को सूचना नआएसम्मका लागि भन्दै डिजिटल कारोबार निःशुल्क गर्ने घोषणा गरिसकेका छन् । उनीहरूले नगद कारोबारमा कोरोनाको जोखिम भएको भन्दै डिजिटल कारोबार गर्न अपिल गर्दै निःशुल्क डिजिटल सेवा उपलब्ध गराउने घोषणा गरेका थिए ।

इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रहेको छ भने इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्फरको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाखसम्म रहेको छ । यता एजेन्ट वा सब एजेन्टबाट र बैंक खाताबाट वालेटमा रकम ट्रान्सफर गर्ने कारोबारको सीमा भने यथावत रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  २ : ११ बजे

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग