सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा « Khabarhub

सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख अग्नि प्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन् ।

सभामुख सापकोटाले सरकारको आकस्मिक कोष स्थापना गर्ने निर्णको स्वागत गर्दै आज कोषमा रकम जम्मा गरेका हुन् ।

संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ । सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पूर्व तयारीस्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।

यसैबीच सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको आज अनुगमन समेत गरेका छन् ।

उनले सिंहदरबारस्थित संसद सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसन वार्डको अनुगमन गर्दै सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिए ।

कोरोना भाइरस संक्रमित भेटिए अस्पताल पुर्‍याउनअघि वार्डमा राख्ने व्यबस्था गरिएको संसद सचिवालय अन्तर्गतको स्वास्थ्य इकाइका डा।पुस्पराज रिजालले जानकारी दिए।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : १३ बजे

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव