अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगानिस्तान भ्रमणमा « Khabarhub

अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगानिस्तान भ्रमणमा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सोमबार अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।

अफगानिस्तानमा तालिबान विद्रोहीका कारण बढ्दो हिंसा, राजनीतिक अस्थिरता र बढ्दो कोरोनाभाइरसको सङ्क्रमणका कारण अफगानिस्तानको अप्ठेरो अवस्थाबीच उनी काबुल पुगेका हुन् ।

केही समय पहिले शान्ति वार्ताका लागि सहमति भएको भए पनि विकसित पछिल्लो घटनाक्रमका कारण अफगानिस्तानको शान्ति प्रक्रिया पनि थप खतरामा परेको बताइएको छ ।

पोम्पेओले अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उनका राजनीतिक प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाहसँग भेट गरेका छन् ।

तालिबानसँगको हालै भएको वार्तामा प्रमुख भूमिका निर्वाह गरेका राजदूत जाल्मे खालिलजादले पोम्पेओलाई काबुल एयरपोर्टमा पुगेपछि स्वागत गरेका थिए ।

अफगानिस्तान सरकार र तालिवानले कैदी आदानप्रदानको बारेमा पहिलो छलफल गरेको एक दिन पछि अमेरिकी विदेशमन्त्रीको यो भ्रमण भएको बताइएको छ ।

गत महिना अमेरिका र तालिबानबीच अमेरिकी सेना फिर्ताको सम्झौता भएको थियो । सो सम्झौतालाई शान्ति स्थापनाको ठूलो महत्वपूर्ण कदमका रुपमा लिइएको थियो ।

यस सम्झौतापछि सन् २००१ मा अफगानिस्तानमा आक्रमणपछि अमेरिकाले सुरु गरेको मिसनको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने सम्झौताले एउटा ढाँचा स्थापित भएको बताइएको छ ।

विदेशमन्त्रीको यो भ्रमण यसै शान्तिवार्तामा केन्द्रित हुने अनुमान गरिएको छ । उनले अफगान राष्ट्रपति र अन्य विशिष्ठ अधिकारीहरुसँग गर्ने वार्तामा पनि यसै विषयमा कुराकानी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : १४ बजे

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी