प्रेस युनियनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

प्रेस युनियनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल प्रेस यूनियन धादिङले जिल्लाका ३० जना क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रेस यूनियनले सोमबार पत्रकारहरुलाई मास्क, एप्रोन, साबुन, सेनिटाइजर, चस्मा, पन्जा र टोपी लगायत सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिहर सिंह राठौरले प्रेस यूनियन धादिङले एउटा राम्रो कामको सुरुवात गरेको बताए ।

‘यसलाई सबैले अनुशरण गर्नुपर्छ ।’ केन्द्रीय सदस्य राठौरले भने, ‘विपतको बेला रिपोर्टिङ गर्दा पत्रकारहरु निकै सचेत र सजक हुनुपर्छ ।’

कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य डा.मुरारी अधिकारीले द्वन्द्वको रिपोर्टिङ गर्न नेपाली पत्रकारहरु सक्षम र सिपालु भएपनि महामारी जस्तो विपतमा रिपोर्टिङ गर्ने उनीहरुमा कमै अनुभव रहेको बताए ।

भूकम्प जस्ता विपत् व्योहोरेको भए पनि सिङ्गो विश्वलाई त्रसित बनाउने महामारी जस्तो विपतमा रिपोर्टिङ गर्नु चुनौतीपूर्ण हुने बताए ।

नेपाल प्रेस यूनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले स्वास्थ्य सामाग्री जस्तो सानो कुरा वितरण गरिए पनि पत्रकारहरुलाई सचेत रहनको लागि सन्देश पुगोस् भनेर स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली , पूर्व अध्यक्ष द्वय सीताराम वर्मा र राजेन्द्र प्रताप शाह, प्रेस संगठनका केन्द्रीय सदस्य केशव अधिकारी, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, रेडियो बिहानीका स्टेशन म्यानेजर संजय देवकोटा लगायतका संचारकर्मीहरुको सहभागिता रहको थियो ।

प्रेस यूनियनका सचिव मनिष दुवाडीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै