आज लोकतन्त्र दिवस, कोरोना त्रास र लकडाउनले छैनन् औपचारिक कार्यक्रम « Khabarhub

आज लोकतन्त्र दिवस, कोरोना त्रास र लकडाउनले छैनन् औपचारिक कार्यक्रम


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजतन्त्रविरुद्ध भएको १९ दिने दोस्रो जनआन्दोल सफल भई संसद पुनःस्थापना भएको आज १४ बर्ष पुगेको छ ।

१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४औँ लोकतन्त्र दिवसको स्मरण गरिदैछ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चैत्र ११ गतेदेखि जारी राखेको लकडाउनका कारण आज औपचारिक कार्यक्रम राखिएका छैनन् ।

लकडाउन नै नहुँदा पनि विगतका वर्षहरुमा सरकारी तवरबाट औपचारिक कार्यक्रम नभए पनि लोकतन्त्र दिवसको स्मरणमा सामाजिक संघसस्था र कतिपय राजनीतिक दलहरुले औपचारिक कार्यक्रम गर्दै आएका थिए ।

यो बर्ष औपचारिक कार्यक्रम नगरिए पनि लकडाउनका कारण खानपीनमै समस्या भएकाहरुलाई सामाजिक दूरी कायम राख्दै विहान ९ः३० बजे शान्ति वाटिकामा खाना खुवाउने कार्यक्रम भने तय गरेको सांसद् भीमसेनदास प्रधानले जानकारी दिएका छन् ।

२०५९ साल जेठ ८ गते संसद विघटन गरेका तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गतेदेखि मन्त्रिपरिषद्को अध्यक्षसमेत आफैं गर्न थालेपछि त्यसको २ बर्षपछि तत्कालीन माओवादी र सात राजनीतिक दलले राजतन्त्रविरुद्ध आन्दोलन गरेका थिए ।

नेकपा माओवादी र तत्कालीन सात राजनीतिक दलबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो ।

नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । त्यसयता हरेक बर्ष बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाइदै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ५५ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६