कोरोना भाइरस : १ लाख ८४ हजारभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : १ लाख ८४ हजारभन्दा बढीको मृत्यु


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका २१० मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा मात्रै मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ । बुधबार विहान थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख ४८ हजार ९७४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८४ हजार ५० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख १७ हजार २६८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसले इटालीमा बुधबार एकै दिन ४३७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २५ हजार ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ५४ हजार ५४३ जना उपचारपछि निको भएका छन् ।  उपचार गराइरहेका १ लाख ७ हजार ६९९ जनामध्ये २ हजार ३८४ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४२१ जनाको मृत्यु भएको छ भने ४ हजार २२१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार ७१७ पुगेको छ ।

त्यहाँ २ लाख ८ हजार ३८९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ हजार ९१५ जना उपचारपछि निको भएका छन् ।

उपचार भइरहेका १ लाख ७५७ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार युरोपेली मुलुकहरुमा १ लाख ११ हजार २०२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ५१ हजार २२१ तथा एसियाली मुलुकहरुमा १५ हजार ८५४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ३१ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक