आशा छ, जीवनमा फेरि उमंग आउनेछ: जीवन लुइँटेल « Khabarhub

आशा छ, जीवनमा फेरि उमंग आउनेछ: जीवन लुइँटेल


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता जीवन लुइँटेल केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । नेपालमा आफ्ना फिल्म चल्न छोडेपछि उनी अमेरिका हानिएका थिए ।

लामो समय जीवन सामाजिक सञ्जालबाट पनि टाढा थिए । उनले नेपालको सामाजिक क्षेत्रमा र फिल्म क्षेत्रमा केही गर्न सकियो भने मात्र पुनः सामाजिक सञ्जालमा फर्किने मनशाय बनाएका थिए ।

कोरोना भाइरसका कारण विश्व लकडाउनमा रहेका बेला अभिनेता लुइँटेल भने सामाजिक सञ्जाल फेसबूकमार्फ लाइभ आएका छन् । उनले लाइभमार्फत सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

‘लकडाउनका कारण सबैलाई समस्या भएको छ, तर गरीब, किसान र मजदुरलाई थप समस्या भएको छ, सामाजिक अभियन्तालाई मेरो स्वागत छ,’ लुइँटेल भन्छन् ।

त्यसो त अमेरिकामा फैलँदो कोरोना प्रभावका कारण उता पनि उत्तिकै कोरोना प्रभावको जोखिम बढेको छ । कोरोनाको यो महामारीबाट सामाजिक दूरी कायम गर्न उनले सबैलाई आह्वान गरेका छन् ।

‘नेपालमा भएको भए केही सहयोग गरिन्थ्यो होला, बाहिर बसेर कुरा गरेजस्तो मात्र भएको छ, अहिले जो जहाँ छ, त्यहीँबाट सबैले संघर्ष गरिरहेका छौं,’ उनी भन्छन् ।

उनले समाचार हेर्दा नेपालको गरीबी जीवनमा लकडाउनका कारण समस्या देखिएको भन्दै नेपालमा भए सहयोग गर्ने बताएका छन् । उनले आशा व्यक्त गरेका छन्, ‘गरीब मजदुरले पनि खान पाउने अवस्था होस् । थोरै भए पनि गुन्द्रुक र भात नै किन नहोस्, त्यो खाएर भए पनि घरभित्र बसौं स्वस्थ बसौं ।’

उनले मान्छे घरमा धेरै समय बस्दा एक खालको निराशापन आउन सक्ने भन्दै ध्यान र योगा गर्न पनि अनुरोध गरेका छन् । उनी भन्छन्, ‘मलाई लाग्छ, योग र ध्यानले नै हामीलाई सकारात्मक उर्जा दिन्छ, सबै घरमा रहनेबाहेक अरु विकल्प छैन, आशा छ, जीवनमा फेरि उमंग आउनेछ ।’

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १२ : ०१ बजे

१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा

लन्डन– इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई

लागुऔषधसहित दुईजना भारतीय पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट

चन्द्र उडानपछि फर्किँदै आर्टेमिस टोली

ह्युस्टन– इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस

घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा

सप्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर,