लकडाउनमा भक्तपुरबाट ११ बन्दी रिहा | Khabarhub Khabarhub

लकडाउनमा भक्तपुरबाट ११ बन्दी रिहा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् ।

यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी रिहा भएको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए ।

लकडाउनको समयमा पनि नियमित अदालत सञ्चालन गरी बन्दी प्रत्यक्षीकरण, पक्राउ पूर्जी अनुमति, अभियोगपत्र दर्तालगायतका काम भइरहेको उनले बताए ।

अदालतमा लकडाउन अवधिभर १० अभियोगपत्र दर्ता भएको, दुई अवधि थप र दुई जरुरी पक्राउ पूर्जी जारी भएको अदालतले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ११ : १७ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको